Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

काठमाडौं – कतार एयरवेजले मंगलबारदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गरेको छ, जसले यो विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूको संख्या पाँच पुगेको छ ।

कतार एयरवेजले एक साता अघि नेपाल नागरिक उड्डयन प्राधिकरणमा शीतकालीन उडान तालिका प्रस्ताव पेश गरेको थियो, जसलाई आइतबार अनुमति दिएकाे हाे । यस अनुसार, दोहाबाट QR-648 उडान नम्बरको विमान हरेक दिन दिउँसो २:४५ मा भैरहवा आइपुग्नेछ, र यात्रु ओरालेर काठमाडौंका लागि ४:४५ मा उडान भर्नेछ । काठमाडौंबाट दोहा र अन्य अन्तर्राष्ट्रिय गन्तव्यका लागि QR-649 नम्बरबाट हरेक साँझ ६:५५ मा उडान गरिनेछ ।

कतार एयरवेजले दोहा-भैरहवा रुटमा एकतर्फी टिकटको शुल्क न्यूनतम ८१० देखि अधिकतम १६५३ अमेरिकी डलर राखेको छ । यसअघि भैरहवाबाट थाई एयर एसिया, जजिरा एयरवेज, फ्लाई दुबई, र नेपाल वायुसेवा निगमले उडान सुरु गरिसकेका छन् । फ्लाई दुबईले भैरहवा-काठमाडौं रुटमा दैनिक उडानको अनुमति पाएको छ, भने नेपाल वायुसेवा निगमले हप्तामा पाँच दिन उडान गर्दैछ ।

यती एयरलाइन्सले पनि पोखराबाट भैरहवा दैनिक उडान सुरु गर्ने जनाएको छ । उसले एकतर्फी भाडा २५०० रुपैयाँ तोकेको छ। सरकारले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहित गर्न साउन अन्तिम साता सहुलियतसहितको कार्ययोजना ल्याएको थियो, जसअनुसार भैरहवामा उडान गर्ने वायुसेवाले ल्यान्डिङ, पार्किङ, र न्याभिगेसन शुल्क ०८३ भदौसम्मको लागि छुट पाउनेछन् । साथै, अन्तर्राष्ट्रिय यात्रुका लागि यात्रु सेवा शुल्क र विदेशी पर्यटकका लागि पर्यटक शुल्क पनि माफ गरिएको छ ।

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको संख्यामा बृद्धि भएसँगै स्थानीय पर्यटन व्यवसायी र सरोकारवालाहरू यस क्षेत्रको व्यापारिक सम्भावनामा उत्साहित देखिएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया