बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो–जापान सरकारले शुक्रबारदेखि परमाणु किरण फैलाउने क्षेत्रमा फोहोर वस्तु हटाउने काम गर्नका लागि विदेशबाट ल्याइएका प्रशिक्षार्थी कामदारहरुलाई काम गर्नमा पूर्णरुपमा बन्देज लगाएको छ ।
भियतनामी प्रशिक्षार्थी कामदारहरु टोकियो इलेक्ट्रोनिक पावर कम्पनी अन्तर्गत  फोहोर व्यवस्थापन गर्ने कार्यमा जापान सरकारको श्रम नीति विपरित तेब्बर बढि काम गरेको पाईएपछि सो निर्णय गरेको जापान टाइम्सको समाचारमा जनाइएको छ ।
सरकारका न्यायमन्त्री योको कामीकावाले संवाददाताहरुसँग कुराकानी गर्दै फोहोर वस्तु हटाउने काम गर्नका लागि विदेशबाट ल्याइएका प्रशिक्षार्थी कामदारहरुले प्राविधिक सघन प्रशिक्षार्थी कार्यक्रमको उदेश्य विपरित कार्य गर्ने गरेकोले प्रशिक्षार्थी कामदारहरुलाई काम गर्नमा बन्देज लगाएको छ । उनका अनुसार सरकारले विदेशी प्रशिक्षार्थी कामदारहरुको दक्षता हासिल गर्नका लागि दिइएको अवसर थियो जुन गुम्ने अवस्था सृजना भएको छ ।
फुकुशिमा सन् २०११ मा भएको त्सुनामीका कारण न्युक्लियर प्लान्टमा  पुगेको क्षतिपछि त्यसको पुनरनिर्माणका लागि विभिन्न देशहरुबाट प्रशिक्षाार्थी कामदारहरु भित्राएर काम गरिरहेको छ । विशेष गरेर भियतनामी कामदारहरुको उल्लेख्य उपस्थिति रहेको छ ।
बुधबार न्यायमन्त्रीले टेलिफोनमार्फत व्यवस्थापन र सरकारी निकायलाई कामदारहरुको बारेमा अनुसन्धान गर्न निर्देशन दिएका थिए । मंगलबार निक्केई दैनिकमा  त्यहाँ कार्यरत कामदारहरुले जापान सरकारको श्रम सम्बन्धी कानुनको उलङ्घन गरेको बारेमा समाचार प्रकाशित भएपछि मन्त्री कामीकावाले यसलाई विशेष चासोका साथ हेरर सो निर्णय गरेको समेत बताइएको छ ।
बुधबार इवाते प्रिफक्चरको कन्ट्रक्सन क्षेत्रमा  कार्यरत २४ वर्षिय कामदारका बारेमा जानकारी माग गर्दा कम्पनीले उपलब्ध गराएको थिएन । कम्पनीका महासचिव शिरो सासाकीले यस समस्याका बारेमा कम्पनी पूर्णरुपमा जानकार रहेको र ती कामदार सन् २०१५को सेप्टेम्बरबाट कम्पनीसँग सम्झौता गरि काम गरिरहेको बताएका छन् ।
ती कामदारले भने आफु परमाणु किरण फैलाउने फोहोर वस्तु हटाउने क्षेत्रमा कार्य गर्ने गरेको बारेमा जानकार नरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया