बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो–जापानमा गतवर्षमा मात्रै २ हजार ४ सय १३ जना बालबालिकाहरु अश्लीलता झल्काउने तस्विर तथा भिडियो बनाउने र अनलाइनमा राख्ने कार्यमा संलग्नता गराइएकोे पाइएको जापान प्रहरीद्वारा  बिहीबार जारी प्रतिवेदनमा जनाएको छ ।

चार वर्ष यताकै सवैभन्दा बढि बालबालिकाको संलग्नता सन् २०१७ मा रहेको र बालिकाहरु यस कार्यबाट बढि पीडित रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ । भएका घटनाहरु मध्ये आधाभन्दा धेरै अर्थात १ हजार १ सय १४ बटा प्रोनोग्राफीसँग सम्बन्धित, ७ सय ९८ वटा अवैधानिक रुपमै सार्वजनिक ढंगले बालबालिका प्रयोग गरिएका तस्विर र नाङ्गो तस्विर बनाउने घटना झण्डै तेब्वरले वृद्धि भई २ सय १ वटा भएको प्रहरीको प्रतिवेदनमा जनाइएको छ ।

घटनाहरुको ठूलो हिस्सा अर्थात ४२ दशमलव ४ प्रतिशत स्मार्टफोनबाट लिएका नग्न तस्विरहरु रहेका छन्, त्यस्तैगरि १६ प्रतिशत बाल वेश्यालयको रुपमा प्रयोग गरिएका, १४ दशमलव ४ प्रतिशत लुकाइएका क्यामेराको प्रयोग गरि तस्विर र भिडियो लिइएका र ११ दशमलव ७ प्रतिशत बलत्कार तथा अकस्मात आक्रमणबाट यौनिक कार्यमा संलग्नता बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सेल्फीमार्फत आएका नग्न तस्विर तथा भिडियोका घटनामा ८० दशमलव २ प्रतिशत बालबालिकाहरु दोषी नभेटिने उनीहरु सामाजिक वेवसाइटहरुबाट नै पिडित हुने गरेको पाइएको सो प्रतिवेदनले जनाएको छ । आफ्नै साथी वा परिचित व्यक्तिहरुबाट ११ दशमलव ३ प्रतिशत र ७ दशमलव ४ प्रतिशत बालबालिका आफ्नै पूर्व प्रेमी वा प्रेमिकाबाट यौनजन्य दुर्व्यवहारमा पर्ने गरेको पाइएको छ । अपराधकर्ताहरुले अनलाइनमार्फत बालबालिकाहरुलाई आफ्नै जस्तोगरी उहि उमेर समूहको बनेर ललाइफकाइ गर्ने र आफ्नो स्वार्थपूर्ति गर्ने गरेको बढि पाइएको अधिकारीहरुले बताएका छन् ।

विशेष गरेर उच्च माध्यामिक तहमा अध्ययनरत बालिकाहरु बढि यस कार्यमा संलग्नता रहेको बताइएको छ । यसरी संलग्नता रहनेमा १ हजार २ सय १६ अर्थात ३९ दशमलव २ प्रतिशत रहेको छ भने निम्न माध्यामिक तहमा अध्ययनरत विद्यार्थीहरुको संलग्नता ३६ दशमलव ३ प्रतिशत छ । त्यसैगरी प्राथमिक विद्यालयका विद्यार्थीको संलग्नता १८ दशमलव ७ प्रतिशत र पूर्व विद्यालयकाहरुको संलग्नता ३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।

यसखालका घटनाहरु सवैभन्दा धेरै कानागावा प्रिफेक्चरमा २ सय ३९ भएका थिए भने टोकियोमा १ सय ९०, आइची प्रिफेक्चरमा १ सय ८२, फुकुओकामा १ सय २९ वटा घटना भएका थिए । सबैभन्दा कम शिमाने प्रिफेक्चरमा ६ वटा र यामानसी प्रिफेक्चरमा ८ वटा घटना भएको प्रतिवेदनमार्फत जनाइएको छ ।

नेसनल पब्लिक सेफ्टी कमिसनका अध्यक्ष हाचिरो ओकानागीले एकपटक अनलाइन तथा सार्वजनिक रुपमा अश्लील तस्वीर तथा भिडियोहरु आइसकेपछि पूर्णरुपमा हटाउनका लागि समस्या हुने हुनाले आगामी पिंढींलाई ध्यानमा राखेर बालबालिकाको संरक्षणका लागि सोच्नुपर्ने बताउछन् । ***

तपाईको प्रतिक्रिया