आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – बालबालिकाले सामान्यभन्दा फरक व्यवहार देखाएमा मनोरोग लागेको पनि हुन सक्छ । बच्चाको उमेरअनुसार बौद्धिक विकास र आचरणमा परिवर्तन हुन्छ ।

तर, उमेरअनुसारको व्यवहार नदेखाएमा उपचार गर्नुपर्ने पनि हुन सक्छ । त्यसका लागि मनोविद् र चिकित्सकको सल्लाह लिनुका साथै बच्चाका लागि अनुकूल वातावरण सिर्जना गर्नुपर्छ ।

बालबालिकाले काम नगर्ने, एक्लै बस्ने, सानो कुरामा पनि रिसाउने, झर्किने, बढी खुसी हुनेजस्ता व्यवहार देखाउन थाले सचेत हुन आवश्यक हुन्छ ।

मनोरोगका कारण पनि बालबालिका यस्तो गर्न सक्छन् । त्यसैले अभिभावकले आफ्नो सन्तानको व्यवहारमा विशेष ख्याल राख्न जरुरी हुन्छ ।

बढी झगडा गर्ने, स्कुल जान नमान्ने बालबालिकामा पनि मानिसक समस्या हुन सक्छ । यस्तो समस्या भएमा अभिभावकले बढी माया दिन आवश्यक छ ।

वंशाणुगत, साथीसंगत र पारिवारिक कारणले बच्चामा मनोरोग लाग्न सक्छ । बच्चामा यस्तो रोग देखिएको अवस्थामा उनीहरूप्रति राम्रो व्यवहार गर्न जरुरी हुन्छ ।

मनोरोगका लक्षण देखिनासाथ चिकित्सककहाँ लैजानुपर्छ । शंका लागेको अवस्थामा पनि चिकित्सकको परामर्श लिनुपर्छ ।

अभिभावकले साथीसंगत, विद्यालय, पारिवारिक वातावरणमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

तपाईको प्रतिक्रिया