आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  मेसिनले पढ्ने पासपोर्ट (एमआरपी) जारी भएयता सात वर्षको अवधिमा २ लाख ३१ हजार २२७ पासपोर्ट हराएका छन् ।

यो तथ्यांक सरकारी रेकर्डमा आएकोमात्र हो, हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुन सक्छ । हराएका पासपोर्ट कसैले दुरुपयोग गर्न नसकुन् भनेर सरकारले यसको जानकारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’लाई गराएको छ ।

‘सन् २०११ देखि २०१८ को जनवरीसम्म २ लाख ३१ हजार २२७ जनाले आफ्नो पासपोर्ट हराएको भन्दै नयाँ पासपोर्ट लिएका छन्,’ परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भन्नुभयो, ‘हराएका पासपोर्टमा पुराना हस्तलिखित र नयाँ मेसिनले पढ्नसक्ने दुवै छन् ।’

तपाईको प्रतिक्रिया