आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  इन्टरनेट प्रयोगकर्ताको संख्या ५ वर्षमा तीन गुणा बढेको छ । दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६९ मंसिर अन्त्यसम्ममा ५२ लाख ७८ हजार ३७४ रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या बढेर एक करोड ६७ लाख ३३ हजार पुगेको छ ।

५ वर्षअघि नेपालको इन्टरनेट प्रयोगकर्ताको दर करिब २० प्रतिशत थियो भने यो वर्षको मंसिरको तथ्यांकअनुसार यो दर ६३ प्रतिशत पुगेको छ ।

कुल जनसंख्यालाई इन्टरनेट प्रयोगकर्ताको संख्याले भाग गरी यो प्रतिशत निकाल्ने गरिन्छ । तर, नेपालको जनसंख्या गणना पछिल्लो पटक २०६८ मा भएकाले अहिलेको प्रतिशत निकाल्दा पनि सोही जनसंख्यालाई आधार मानिएको छ ।

उक्त जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार छ ।

तपाईको प्रतिक्रिया