काठमाडौं – प्रदेशी गायक सूर्य खड्काले प्रेम दिवसको अवसरमा लोक दोहोरी गीत ‘घडी’ बजारमा ल्याउनुभएको छ ।
प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको गीतमा आफ्नो मायालुलाई घडी उपहार दिएको तर समय दिन नसकेको कुरालाई देखाउन खोजिएको छ । देवी घर्ती र सूर्य खड्काको आवाज रहेको यस गीत रबिन लामिछानेको उत्कृष्ठ लयमा तयार पारिएको हो ।
स्मृती तिमिल्सना गुरुआमाको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा पछिल्लो समय खास गरी सेन्टिमेन्टल गीतमा दर्शकको मनमा एकछत्र राज गर्ने सफल मोडल महेन्द्र गौतम र रञ्जिता गुरुङको अभिनय छ । गीतको बजार व्यवस्थापन गुरुआमा फिल्म प्रा.कि ले नै गरेको छ ।