बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

रातीको ८ बजेको थियो । …..रयोगोकु रेलवे स्टेसन देखि थोरै भित्र अवस्थित दिपिका रेष्टुरेन्टमा नायक निखिल उप्रेतीले साथमा नायिका संचिता लुइटेललाई राखेर वरिपरि झुम्मीरहेका युवाहरुलाई बिचमा बोल्दै थिए । उनी भन्दै थिए– ठाउँ अनुसार बोट विरुवा, फल, खेती फरक फरक भए जस्तै ठाउँ अनुसार मानिसहरुको स्वभाव र व्यवहार पनि फरक हुन्छ । उनले उदाहरण सहित आफ्नो मतलाई यसरी प्रष्ट पारे जस्तैः कुनै ठाउँमा सुन्तला राम्रो फल्छ कुनै ठाउँमा फल्दैन, त्यसै गरी तराईमा धान राम्रो फल्छ पहाडमा फल्दैन । यसरी ठाउँ अनुसार मानिसको नेचर फरक फरक हुन्छ भन्ने कुरामा उनी पक्का भए ।
एकै छिनमा कार्यक्रम सुरु भयो । निखिल उप्रेती, उनकी पत्नी …. , लगाएतको टोली जापानमा उनको फिल्म पिंजडा ब्याक एगेनलाई रिलिज गर्नको लागि आएका रहेछन । नायकले आप्mनै आसनवाट मन्तव्य राखे । हाम्रो फिल्मलाई हेरी दिन जति दर्शकहरु उपस्थित हुनुभयो, त्यो अत्यन्तै स्रहानीय छ । सफल असफल भन्नेकुरा जीवनको एउटा पाटो हो र त्यो चलिरहने प्रक्रिया हो त्यसमा निरास हुनुपर्ने र खुशी हुनु पर्ने कुनै कारण छैन । हाम्रो फिल्मले जापानबासी नेपालीहरुबाट पाएको मायालाई बोकेर हामी नेपाल फर्किदै छौं । आउँदा दिनहरुमा अरु राम्रा ज्ञानबद्र्धक कोसेली लिएर आउने बाचासहित उनले आप्mनो मन्तव्य टुङग्याए ।
नायिका लुइटेलले भन्नुभयो– जापानमा आएर नेपाली युवाहरु अनुशासित भएर हिडेको देख्दा अत्यन्तै खुशी लागेको कबताउनुभयो । यही अनुशासन स्वदेशमा लिएर फर्कन उहाँले युवाहरुलाई आग्रह गर्नुभयो । त्यसैगरी गल्कोट समाजका वरिष्ठ उपाध्यक्ष दिलु खत्रीले नेपालीहरुका बिचमा बलियो एकता कायम गरि धेरै संख्यामा भन्दा समन्वयात्मक रुपमा कार्य गर्ने संघ संस्था गठन गरिनु आवश्यक रहेको बताउनुभयो । नेपाली नेपालीहरुमा एउटै गन्ध आउनु पर्छ त्यो हो नेपाली गन्ध हो – खत्रीले भन्नुभयो अहिले जापानमा युवाहरुवाट धेरै अपराधिक क्रियाकलाप बढ्न थालेको छ यसो हुनु दुखद् पक्ष हो ।
नायक निखिलले जाँदाजाँदै भन्नुभयो– हामीले जापानमा नेपाल बनाउन खोज्यौ,गर्नुपर्ने त यहाँका राम्रा कुरा सिकेर जापान जस्तो नेपाल बनाउनु पर्ने हो । विकसित देशहरुमा दुई वा तीन भन्दा बढि पार्टी हुदैनन् तर हाम्रो देशमा तीन सयभन्दा बढी पार्टी हुनु दुर्भाग्य हो, यो चेतनाको अभाव हो । हेमन्त केसीले संचालन गर्नुभएको कार्यक्रममा केक काटेर क्लासिक युथ क्लव जापानले नायक निखिल र नायिका सञ्चितालाई विदाई गरेका छन ।
नायक, नायिका र निर्देशक हिमाल केसी पिंजडा ब्याक एगेनको स्पेशल शोका लागि जापान आएका थिए ।

तपाईको प्रतिक्रिया