बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

ओसाका – कपडा सुकाउने ड्रायर मेशिनमा थुनिएर ओसाकामा ५ वर्षिय बालकको मृत्यु भएको छ ।

ओसाका प्रहरीका अनुसार शनिवार अपरान्ह ३ बजेतिर उनका पीताले ती बालकलाई मेशिनभित्र अचेत अवस्थामा फेला पारेका थिए ।

ओसाकाको साकाई नगरी निवासी ती जापानी नागरिक शनिवार अपरान्ह बच्चासंगै सुतेको र ब्युँझदा बच्चा नभेटेपछि खोजी गर्दा ड्रायर मेशिनमा थुनिएको अवस्थामा फेला पारेपछि तुरुन्त एम्बुलेन्सको सहायताले अस्पताल पुर्‍याए पनि अस्पतालले मृत्यु भईसकेको घोषणा गरेको थियो ।

बाबुसंगै सुतेको बच्चा बाबु मस्त निदाएको अवस्थामा ब्युँझेपछि खेल्दै जाँदा नजिकै रहेको आफ्नै अपार्टमेन्टको ड्रायर मेशिनमा छिर्न पुगेको र भित्रबाट ढोका बन्द भएपछि निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । एक मीटर अग्लो, ७० सेमी चौडा र ६० सेमी गहिर्राई भएको सो कपडा सुकाउने मेशिनको ढोका भित्रबाट खोल्न नमिल्ने र पानीरहित सुख्खा रहेकोले बच्चाको निधन भएको हुनसक्ने प्रहरीलाई उद्धृत गर्दै जापानटुडेले जनाएको छ । घटनाको समयमा बच्चाकी आमा घरबाहिर रहेको बताईएको छ ।

सन् २०१५ मा पनि टोकियोमा समान प्रकृतिको घटनामा ७ बषिर्य बालकको मृत्यु भएको थियो । धोएका कपडा सुकाउनका लागि बनाईएका यस्ता मेशिनको ढोका स्वचालितरुपमा बन्द हुने र भित्रबाट खोल्न नमिल्ने सिष्टममा पुनर्विचार गर्न उत्पादक कम्पनीलाई त्यतिबेलै सुझाईएको थियो ।

तपाईको प्रतिक्रिया