बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडाैं –  अमेरिकी संघीय अदालतले तेस्रो लिङ्गीलाई सैन्य सेवामा प्रवेश गर्न दिन आदेश दिएको छ ।

अदालतको आदेशमाथि अपिल नगर्ने ट्रम्प प्रशासनको निर्णयपछि आगामी सोमबारबाट अमेरिकामा पहिलोपल्ट तेस्रोलिङ्गीहरु पनि सैन्य सेवामा प्रवेश गर्नेछन् ।  अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दिएको जानकारी अनुसार ट्रम्प प्रशासनले वासिङ्गटन र भर्जिनियाका अदालतको निर्णयमाथि अपिल नहुने भएपछि तेस्रोलिङ्गी सैन्य भर्ती सहज हुनेछ ।

ती अदालतले गत साता अमेरिकी प्रशासनले तल्लो अदालतले गरेको निर्णय मुलतबीमा राख्न गरेको आग्रह अस्विकार गरेको थियो । –एजेन्सी  

तपाईको प्रतिक्रिया