शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं –  विश्व फुटबल वरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको हो ।

अघिल्लो महिना फिफाले जारी गरेको वरियतामा नेपालले ६ स्थान फड्को मार्दै १७० औं स्थान पाएको थियो ।

दक्षिण एसियाली मुलुकमा भने नेपाल चौथो स्थानमा छ । दक्षिण एसियाली मुलुकको शीर्ष स्थानमा भारत छ । विश्व वरियतामा भने भारत १०५ औं, माल्दिभ्स १५५ औं र अफगानिस्तान १४८ औँ स्थानमा छन् ।

त्यस्तै, नेपालभन्दा मुनि भुटान १८७ औं, बंगलादेश १९७ औं, श्रीलंका २०० औं र पाकिस्तान २०१ औं स्थानमा छन् ।

विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौंमा बेल्जियम, छैटौंमा स्पेन, सातौंमा पोल्याण्ड, आठौंमा स्वीट्जरल्याण्ड, नवौंमा फ्रान्स र दशौं स्थानमा चिली छन् ।

तपाईको प्रतिक्रिया