आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  दिपायलको पिपल्लावनस्थित जेबी पेट्रोल पम्पमा चैतमा आगलागी हुँदा पम्प, ट्यांकर, नजिकैको होटल र सुनचाँदी पसल पूर्ण रूपमा नष्ट भए । आगलागी इन्धन अनलोड गर्ने क्रममा भएको थियो ।

गत असारमा भक्तपुरको सिद्धार्थ पेट्रोल पम्पमा पनि आगलागी भएको थियो। ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा नोजल र ट्यांकीको पाइपको बीचको जोर्नीबाट झिल्को निस्केपछि आगो फैलिएको थियो। त्यस क्रममा दुई जना घाइते भए।

दुई वर्षअघि बालाजु वनस्थलीमा रहेको साझा पेट्रोल पम्प बाहिर पनि आगलागी भयो। इन्धन भरेर स्टार्ट गर्दा मोटरसाइकलमा आगलागी भएको थियो। यस्तै, करिब दुई महिनाअघि त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै ग्यारेजमा पनि आगलागी भयो। त्यसक्रममा एक जनाको मृत्यु भयो। आगोको झिल्का पम्पसम्म नपुगेकाले थप क्षति भएन।

पम्पमा यस्ता पूर्वाधार हुनुपर्छ–

  • जग्गा राष्ट्रिय राजमार्गमा कम्तीमा तीन रोपनी वा साढे चार कट्ठा। सहायक राजमार्गमा कम्तीमा दुई रोपनी वा तीन कट्ठा। महानगर वा उपमहानगर क्षेत्रमा कम्तीमा डेढ रोपनी वा दुई कट्ठा।
  • चार वटा फायर एसिङ्गङडसर, चारवटै बाल्टिन (बालुवा भरिएको)।
  • कम्तीमा हजार लिटर पानी भरिएको ट्यांकी
  • बढीमा ५ फिटसम्म उचाइ भएको कम्पाउन्ड वाल

यी घटना केही उदाहरण मात्रै हुन्। हाल मुलुकभरि करिब १२ सय पेट्रोल/डिजेल पम्प सञ्चालनमा छन्। तीमध्ये वाग्मतीमा १ सय ७२ र उपत्यकामा १ सय १७ छन्। ती अधिकांश सरकारी मापदण्डभित्र छैनन्। उपत्यकाका अधिकांश पम्पहरू सडक पेटीबाटै सञ्चालन गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया