शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौँ – भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ ।
ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्ताफा कमल रङ्गशालामा आज भएको अन्तिम खेलमा भुटानसँग एक एकको बराबरी खेल्दै नेपालले यात्रा समाप्त गरेको हो । खेलको नवौँ मिनेटमा डेकी लाहाजुमको गोलबाट भुटानले अग्रता लिए पनि ८१ आँै मिनेटमा नेपालकी सविता राना मगरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् । खेलको अन्तिम समयमा नेपालले पेनाल्टीमा गोल गर्ने अवसर पाए पनि नेपालकी सरस्वती हमाल गोल गर्न असफल हुँदा खेल एक एकको बराबरीमा सकियो ।
चार टोली सहभागी च्याम्पियनसिपको पुछारमा रहँदै नेपालले प्रतियोगितामा आफ्नो सम्भावना समाप्त गरेको छ । च्याम्पियनसिपको पहिलो खेलमा बंगलादेशसँग ६–०ले पराजित नेपाल दोस्रो खेलमा भारतसँग १०–० ले हारेको थियो । जारी च्याम्पियनसिपमा बंगलादेश र भारत फाइनलमा पुगेका छन् । अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गरेको बंगलादेश ९ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । एक खेलमा हार र दुई खेलमा जीत निकालेको भारत छ अंकसहित दोस्रो स्थानमा छ । फाइनल खेल आइतबार हुनेछ ।

तपाईको प्रतिक्रिया