शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै च्याम्पियनसीप क्लब ब्रिस्टोल सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति अबे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेड २–१ गोलले स्तब्ध भएको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ५१ औं मिनेटमा ब्रिटोलले अग्रता लियो ।

त्यसपछि म्यानचेस्टर युनाइटेडले बराबरी गोल फर्काएको थियो । खेलको इन्जुरी समयको तेस्रो मिनेटमा ब्रिस्टोल सिटीले थप एक गोल गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।

अब ब्रिस्टोलले सेमिफाइलनमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने छ ।

गएराति नै भएको अर्को खेलमा बर्नमाउथलाई हराउँदै चेल्सी पनि लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीले बोर्नमाउथलाई २–१ ले हराएको हो । चेल्सीले अब सेमिफाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया