आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – सरकारी र गैरसरकारी संस्थाले गरिबका लागि ठूलो रकम खर्च गरे पनि गरिबको संख्या झनै बढेको छ ।

राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा गरेको एक अध्ययनले नेपालमा गरिबीको संख्या सात प्रतिशतले बढेको देखाएको छ ।

यसअघि योजना आयोगले यसै वर्ष सार्वजनिक गरेको १४ औं त्रिवर्षीय योजनामा नेपालमा २१.६ प्रतिशत गरिब भएको उल्लेख थियो । बुधबार सार्वजनिक प्रतिवेदन अनुसार गरिबको संख्या २८.६ प्रतिशत पुगेको छ ।

यो तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको करिब एक तिहाइ हाराहारीमा गरिब छन् । योजना आयोगले गरिबीको बहुआयमिक सूचकांकका आधारमा पहिलोपटक यो प्रतिवेदन तयार पारेको हो ।

तपाईको प्रतिक्रिया