शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – आर्सनल र म्यानचेस्टर सिटी लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

गएराति घरेलु मैदानमा भएको खेलमा वेस्टह्याम युनाइटेडलाई १–० ले हराउँदै आर्सनल सेमिफाइनलमा पुग्न सफल भएको हो ।

खेलको ४२ औं मिनेटमा ड्यानी वेलबेकले गरेको गोल नै आर्सनलको जितको आधार बन्यो । जितसँगै यो वर्ष आर्सनलले आफ्नो लिग कप उपाधि यात्रालाई कायम राख्न सफल भएको छ ।

यसैगरी गएराति नै भएको अर्को खेलमा लेस्टर सिटीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै म्यानचेस्टर सिटी पनि सेमिफाइनलमा पुगेको छ ।

अवे मैदानमा भएको खेलमा निर्धारित तथा थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

२६ औं मिनेटमा बेर्नार्डो सिल्भाको गोलबाट म्यानचेस्टर सिटीले सुरुवाति अग्रता लिएको थियो । तर इन्जुरी समयको सातौं मिनेटमा जेमी भर्डीले लेस्टर सिटीका लागि बराबरी गोल गरे ।

अतिरिक्त समयमा दुई तर्फबाट थप गोल हुन सकेन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । जसमा म्यानचेस्टर सिटी ४–३ ले विजयी भयो ।

तपाईको प्रतिक्रिया