शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – लगातार दोस्रो खेलमा हार बेहोर्दै नेपाल अन्तिम खेलअघि नै बंगलादेशमा जारी साफ यु-१५ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरिएको छ ।

आज भएको खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएपछि नेपालको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो । ढाकामा भएको खेलको पहिलो हाफमा ५ गोल गरेको भारतले दोस्रोमा समेत समान ५ गोल थपेको थियो । पहिलो खेलमा आइतबार नेपाल बंगलादेशसँग ६-० ले पराजित भएको थियो ।

भारत र बंगलादेश लिग राउन्डमा एक अर्कासँग मैदानमा भेट्नुअघि नै फाइनल पुगेका छन् । आजै भएको अर्को खेलमा आयोजक बंगलादेशले भुटानलाई ३-० ले पराजित गरेको छ । भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भएको थियो । समान २ जितका साथ बंगलादेश र भारत अघिल्लो चरणमा प्रवेश गर्दा दुवै खेल हारेका नेपाल र भुटान च्याम्पियनसिपबाट बाहिरिएका छन् ।

लिग राउन्डको अन्तिम दिन पर्सि बिहीबार च्याम्पियनसिपबाट बाहिरिएका नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने छ भने अर्को खेलमा भारत र बंगलादेश आमने सामने हुनेछन् ।

तपाईको प्रतिक्रिया