शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले मंगलबार भारतको सामना गर्दैछ । खेल बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार अपराह्न सवा २ बजे शुरु हुनेछ ।

आइतबार भएको पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित नेपाल भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा पराजित नेपाल भारतविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रँदैछ । तर, आयोजक बंगलादेशसँग ६–० ले पराजित नेपाललाई भारतविरुद्ध जित निकाल्न निकै कठिन हुने देखिएको छ । भारत ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

दक्षिण एसियाका चार राष्ट्र सहभागी च्याम्पियनसिपको फाइनलमा चरणमा पुग्न नेपाललाई भारतविरुद्ध जित्नै पर्ने दबाब रहेको छ । यदि नेपाल भारतसँग पराजित भएमा नेपालको फाइनल चरण पुग्ने सम्भावना सकिने छ ।

नेपालले अन्तिम खेलमा भुटानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल पुस ९ गते हुनेछ ।

तपाईको प्रतिक्रिया