शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत् सोमबार राति भएको खेलमा एभर्टन विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा एभर्टनले स्वान्सी सिटीलाई ३–१ ले हराएको हो ।

खेलको ३५औं मिनेटमा गोल गर्दै स्वान्सी सिटीले सुरुआती अग्रता लिएको थियो । तर, त्यसपछि एभर्टनले लगातार गोल गर्दै महत्वपूर्ण जित निकालेको हो ।

जितपछि नवौं स्थानको एभर्टनको १८ खेलबाट २५ अंक भएको छ । १७ अंकसहित क्रिष्टल प्यालेस १४औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया