शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले दुईवटा अवार्ड पाएका छन् । बार्सिलोनमा सोमबार भएको एक विशेष कार्यक्रममा मेस्सीले सन् २०१६–१७ को सिजनका लागि पिचिची अवार्ड र अलफ्रेडो डि स्टेफानो अवार्ड जितेका हुन् ।

यो अवार्ड स्पेनिस खेल पत्रिका मार्काले प्रदान गरेको हो । मार्काले हरेक वर्ष ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडीलाई पिचिची अवार्ड दिने गरेको छ ।

मेस्सीले गएको सिजन ला लिगामा ३४ खेलमा ३७ गोल गरेका थिए । उनले टिमका साथी खेलाडी लुइस स्वारेजले भन्दा दुई गोल बढी गरेका थिए ।

मेस्सीका प्रतिस्पर्धीका रुपमा लिइने रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले गएको सिजन ला लिगामा २५ गोल गरेका थिए । मेस्सीलाई मार्काले अलफ्रेडो डि स्टेफानो अवार्ड पनि प्रदान गरेको छ ।

 

यो अवार्ड ला लिगामा सिजनको उत्कृष्ट खेलाडीलाई प्रदान गरिन्छ । समारोहमा बार्सिलोनाका मिडफिल्डर आन्द्रेश इनिएस्टाले स्पेनको सबैभन्दा अमूल्य खेलाडीको अवार्ड पाएका छन् ।

तपाईको प्रतिक्रिया