सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं –  अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अपरिचित उड्ययन वस्तुहरुको खोजी तथा जाँचका लागि करोडौं डलर खर्च गरेको खुलासा भएको छ ।

अमेरिकी रक्षा विभागले सन् २००७ देखि २०१२ सम्म यस्ता अपरिचित उड्ययन वस्तु अर्थात अनआईडेन्टीफाईड फ्लाईङ अब्जेक्ट यु.एफ.ओ.को जाँचका लागि गोप्य रुपमा २० मिलियन डलर खर्च गरेको खुलासा भएको हो ।

यो कार्यक्रमका बारेमा धेरै कम अधिकारी मात्र जानकार भएको अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले जनाएको छ । यो कार्यक्रममार्फत् तीव्र गतिमा उड्ने विमान र आकाशमा देखिने शंकास्पद वस्तुहरुको अनुसन्धान गरिएको थियो ।

वैज्ञानिकहरुले यस्ता चिजलाई रहस्यमय मान्दै आएका छन् । उनीहरुले यसलाई अन्य ग्रहमा रहेको जीवन अर्थात् एलियन हुनसक्ने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया