शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

धनगढी – नेपाली कांग्रेसका तर्फवाट कैलाली क्षेत्र नम्वर ५ की उम्मेदवार आरजु देउवा राणाले धनगढीमा रहेका सेती अञ्चल अस्पताललाइ ३ सय शैयाको अस्पताल बनाउने घोषणा गर्नुभएको छ ।

धनगढी उपमहानगरपालीकको वडा नं १६ का विभिन्न ठाउँमा चुनावी सभालाइ सम्बोधन गर्दै नेतृ देउवाले सर्वसाधारणको स्वाथ्यमा पहुच अभिवृद्धि गर्न सेती अञ्चल अस्पताललाइ ३ सय शैयाको अस्पताल बनाउने घोषणा गर्नुभएको हो । ‘स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो’ उहाँले भन्नुभयो, ‘धनगढीको सेती अञ्चल अस्पताललाइ तिन सय शैयाको अस्पताल बनाउन तत्काल पहल गर्ने छु ।’ सेती अञ्चल अस्पतालमा विरामीका उपचारका लागि विरामी राख्ने वेड (शैया) अभाव हुदै आएको छ ।

चुनावी सभामा बोल्दै कागे्रस नेतृ तथा उमेद्धार देउवाले वर्षेनी हुने मल अभाव कम गर्न मल खाद व्यवस्थापनको पहल गर्ने बताउनुभयो । ‘कैलाली कञ्चनपुर कृषि उत्पादनका लागि महत्वपुर्ण मानिए पनि बर्षेनी मल अभाव हुनु दुखद हो’ उहाँले भन्नुभयो, ‘मल समस्याको दिगो सामाधानका लागि जिल्लामा मलखादको व्यवस्थापका लागि पहल गर्ने छु ।’ चुनाव नजिकिएसँगै चुनावी प्रचार प्रसारका लागि देउवा उपमहानगरपालीका विभिन्न वडामा घरदैलोमा व्यस्त हुनुहुन्छ । साविकको उर्मा गाविस धनगढी उपमहानगरपालीकासँग जोडिए पनि सडक, खानेपानी र विजुलीको समस्या जस्ताको तेस्तै छ । धुलो धुवारहित सडक र विकासकै लागि मेरो उमेद्धारी हो नेतृ आरजुले भन्नुभयो, ‘मैले जिते ठुला विकासका योजनाहरु धनगढी भित्रिन्छन् ।’ नेतृ राणाले सिपमुलक तालिमका लागि धनगढी पोलिटेक्नीक कलेजको स्थापना गर्ने, महिलाको जिवनस्थर उकास्न सिलाइ कटाइ, हाते कडाइ लगाएतका तालिम प्रदान गर्ने बताउनुभयो । महिला आत्मनिर्भर बनाउन आफुले सक्दो पहल गर्ने उहाँको भनाई छ । महिलाले नै महिलाको आवश्यकक्ता बुझ्ने भन्दै नेतृ देउवाले महिलाको आर्थीक उत्थनका लागि सिपमुलक कार्यक्रम लागु गर्ने बताउनुभयो । नेपाली कागे्रस कैलालीले पाँच नम्बर क्षेत्रको रामपुर, व्युसाहा, घसेटा, जलघुसटा लगाएतका क्षेत्रमा सोमबार भेला सम्पन्न गरेको छ ।

यस्तै खटिया बजार, भादा र घुरहिमा पनि स्थानीयसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको नेपाली कागे्रस कैलालीले जनाएको छ । कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार आरजु राणा, प्रदेशसभा ‘क’ की उम्मेदवार जीवन राना लगायत महाधिवेसन प्रतिनिधी, क्षेत्रीय सभापति र वडा अध्यक्ष सहितको टोलीले घर दैलो तथा भेला सम्पन्न गरेको हो ।

तपाईको प्रतिक्रिया