शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो–जापानमा जारी तेस्रो सिजोओका खुल्ला इन्टरनेशल फ्रेण्डशिप कराँते प्रतियोगीतामा नेपाली खेलाडीहरुले ऐतिहासिक सफलता हात पारेका छन । सिनक्योकुसीयन काई एसियन भ्याइस प्रेशिडेन्ट नागासीमाको निमन्त्रणामा जापान आईपुगेका नेपाली टोलीले उत्कृष्ट फाइटर सहितका उपाधी हात पारेको सिनक्याकोसिन काई नेपालका ब्रान्च चिफ सुर्य बुढाथोकीले बताएका छन ।

बुढाथोकीको नेतृत्वमा खेलाडी कुमार श्रेष्ठले ४० वर्ष माथी को उमेर समुहका ७० के.जी तौल समुहमा, रामहरी आले मगर ले ४० वर्ष माथी ७० के.जी भन्दा माथी प्रतिस्पर्धामा ,त्यसैगरी विनिता फुयाल ३५ वर्ष माथी महिला खुल्ला तौल समुहमा र दिसान लामाले १५वर्ष मुनीको ५५ के.जी मुनी तौल समुहमा सहभागीता जनाएका थिए । सहभागी खेलाडी मध्ये दिसान लामाले रजत पदक हात पारेका छन भने प्रतियोगीताको वेष्ट फाइटरको उपाधी नेपालका रामहरी आले मगरले हात पारेका थिए ।
फुलक्न्ट्याक कराँतेमा नेपालले हात पारेको यस सफलता अहिले सम्मकै उत्कृष्ट रहेको बुढाथोकीले बताएका छन । प्रतियोगीतामा नेपाल सहित भारत, इन्डोनेसिया, पाकिस्तान , सिंगापुर, श्रीलका् , ताइवान, थाइल्याण्ड, भियतनाम, बंगलादेश माल्दिप्स, मलेसिया,जापान र चिन गरी करिब २५ राष्ट्रका २०० जना खेलाडीहरुको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा नेपाली खेलाडीले रजत पदक सहित वेष्ट फाइटरको उपाधी पाँउदा आफु अत्यन्त हर्षित भएको बताउदै नेपालका ब्रान्च चिफ समेत रहेका टोली प्रमुख सुर्य बुढाथोकीले १५ वर्ष पछिको यो सफलता आफ्ना लागि मात्र नभई सिङ्गो नेपाल र नेपाली खेलाडीहरुकै गौरव गर्व लायक भन्दै खुशी व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया