शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो–जापानको प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनी सोनीले महंगीलाई ध्यानमा राखेर मध्यमस्तरको स्मार्टफोन आगामी नोभेम्बर १० बाट बजारमा ल्याउन लागेको छ ।
Sony Xperia R1 Plus तथा  Xperia R1  नामका दुइवटा मोडेलका नयाँ एन्ड्रोइड स्मार्टफोन संचालनमा ल्याउन लागेको कम्पनीले जनाएको छ ।
सुरुमा भारतीय बजारबाट यी फोनहरुको विक्री गरिने र यसको बजार मुल्य १५ हजार भन्दा कम रहेको छ । कम्पनीले मध्यम वर्गीय समाजलाई लक्षित गरी फोनलाई बजारमा ल्याइएको बताएको छ । उक्त फोनलाई एन्ड्रोइड ८.०अपरेटिङ सिस्टममार्फत तयार पारिएको छ ।
ग्राहकहरुले अमेजन र फ्लिपकार्ट मार्फत बुकिङ गर्न सकिने जानकारी गराइएको छ । यसमार्फत फोनको खरिद मुल्य Xperia R1 Plus को १४९९९ र Xperia R1 को १२९९९ भारतीय मुल्य रहने छ । कम्पनीले शुक्रबारदेखि बुकिङ्ग खुल्ला गरेको छ ।
दुवै स्मार्टफोनहरू लगभग समान विशेषताहरू छन् । RAM  र भण्डारण फरक छन । Sony Xperia R1 Plus ३ GB  RAM र ३२  जीबी स्टोरेज रहेकोछ । साथै Xperia R1  मा २  जीबी RAM  र १६ GB  स्टारेज रहेको छ ।

तपाईको प्रतिक्रिया