आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

रसुवा – गत सातादेखि बन्द रसुवागढी नाकाबाट आजदेखि व्यावसायिक कारोबार सुरु भएको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेका भन्सार अधिकृत भीम आङ्दम्बेका अनुसार सामान लिन केरुङ गएका नेपाली ट्रक कन्टेनर नेपाल प्रवेश गर्न थालेका छन् । आज मात्र स्याउ बोकेर आएका ४० कन्टेनर नेपाल भित्रिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनलाई ध्यानमा राखी यही कात्तिक १ गतेदेखि बन्द गरिएको रसुवागढी नाकाबाट औपचारिक रुपमा कुनै पत्र नआए पनि अनौपचारिक रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया