शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दैछ ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आज निर्वाचन कार्यालय स्थापना गरेर काम शुरु गर्न लागिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

दोस्रो चरणको चुनाव मंसिर २१ गते ४५ जिल्लामा हुँदैछ । त्यसका लागि यही कात्तिक १६ गते मनोनयन दर्ताको मिति निर्धारण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया