शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – निर्वाचन आयोगले सर्वोच्च अदालदको आदेशका कारण भोलीदेखि हुने प्रत्यक्ष तर्फको मतपत्र छपाई कार्य प्रभावित हुने जनाएको छ ।

छपाई सम्वन्धी सम्पुर्ण जानकारी उपलब्ध गराउन सर्वोच्चले दिएको आदेशले प्रत्यक्षतर्फको मतपत्र छपाई कार्य प्रभाबित हुने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।  १ करोड ७० लाख मतपत्र छाप्नुपर्ने वाध्यताकावीच पटक पटक आउने कानूनी झमेलाले आयोगलाई काम गर्न समस्या भएको उहाँले बताउनुभयो ।

यसअघि सर्वोच्चले सर्बोच्च अदालतले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ अलगअलग मतपत्र छपाइको सुनिश्चितताको कार्य प्रगति विवरण माग गरेको थियो ।

यद्यपी सर्वोच्चको पछिल्लो निर्णय आफुले सञ्चार माध्यमबाट थाहा पाएको भन्दै यादवले आयोगमा औपचारिक पत्र प्राप्त नभएको प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले बताउनुभयो । सर्वोच्चको पत्र प्राप्त हुनासाथ आयोगले थप छलफल गरी जवाफ दिने उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया