शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – नेपाली कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन गठनको तयारीमा रहेका दलहरु सिट बाँडफाँटको अन्तिम कसरतमा जुटेका छन् ।

त्यसका लागि कांग्रेस संसदीय बोर्डको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ११ बजे बोलाइएको छ । त्यसअघि कांग्रेसले लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुसँग छुट्टाछुट्टै छलफल गर्ने भएको छ । दोस्रो चरणको निर्वाचनका लागिउम्मेदवार छान्नुअघि कांग्रेसले आज गठबन्धनमा आबद्ध फोरम नेपाल, राजपा र दुवै राप्रपासँग छुट्टाछुट्टै छलफल गर्न लागेको हो ।

गठबन्धनमा सहभागी चार दलसँग सिट तालमेल र चुनावी मुद्दाबारे आजै टुंगो लगाउने कांग्रेस नेता रमेश लेखकले जानकारी दिनुभयो । फोरम नेपाल, राजपाले धेरै सिटसंख्या दावी गरेकोले त्यस विषयमा थप छलफल गरी टुङगोमा पुग्ने नेता लेखकले बताउनुभयो ।

प्रदेश २ मा कांग्रेस एक्लैले प्रतिनिधिसभातर्फ ३२ मध्ये २० स्थानमा चुनाव जित्ने भएकाले त्यसमा प्रदेशसभातर्फ फोरम नेपाल र राजपालाई बढी सिट दिने कांग्रेसको तयारी छ ।  यस्तै, कांग्रेसले दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आउदो सोमबारसम्म उम्मेदवार तय गर्ने भएको छ ।

संसदीय समितिको हिजोको बसेको बैठकले सोमबारसम्म उम्मेदवार तय गर्ने सहमति गरेको केन्द्रीय प्रचारप्रसार समितिका संयोजक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया