शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति नजुटेपछि एमाले र माओवादी केन्द्रको वाम गठबन्धन आजपनि आन्तरिक छलफलमा जुट्ने भएको छ ।

एमाले र माओवादी केन्द्रले दाबी कायमै राखेपछि १५ जिल्लाको निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति जुट्न सकेको छैन् । वाम गठबन्धनको कार्यदलले निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति जुटाउन नसकेपछि प्रमुख नेतालाई जिम्मेदवारी दिएसंगै आज बिहानै देखि छलफलमा जुट्ने नेताहरुले बताएका छन् ।

प्रत्यक्षतर्फ मनोनयनको एक साता बाँकी रहँदा कार्यदलले १५ जिल्लाको सहमति जुटाउने जिम्मा शीर्ष नेता सम्मिलित संयोजन समिति जिम्मा दिएको छ । संयोजन समितिमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।

एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल गठन भए पनि १५ जिल्लामा सहमति जुट्न नसकेपछि संयोजन समितिलाई जिम्मा दिने निष्कर्षमा कार्यदल पुगेको हो । संयोजन समितिले क्षेत्र बाँडफाँटको कुरा टुंग्याएलगत्तै एमालेको स्थायी कमिटि बैठकले उम्मेदवार तय गर्ने जनाएको छ ।

वाम गबन्धनको संयोजन समितिले छलफललाई अगाडी बढाएकाले सहमति हुने संभावना बढेको नेताहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया