मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

काठमाडौं – प्रदेश प्रमुखहरुले मासिक ६४ हजार तलब पाउने भएका छन् भने मासिक रुपमा ४० हजार अतिथि सत्कारको लागि पाउनेछन् । व्यवस्थापिका संसदको शुक्रबारको बैठकले प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

विधेयकअनुसार, प्रदेश प्रमुखलाई सरकारी आवास र गाडी तथा सचिवालयसहितको सुविधा दिइएको छ । मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथि सत्कार खर्च र बार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, प्रदेश प्रमुखलाई १५ लाखको बीमा सुविधा दिइएको छ भने, भ्रमण भत्तामा स्वदेशभित्र दैनिक तीन हजार रुपैयाँ र विदेशमा तीन सय अमेरिकी डलर दिने व्यवस्था गरिएको छ ।

प्रदेश प्रमुखले एक दर्जन कर्मचारीसहितको सचिवालय राख्न पाउनेछन् । भने निजी चिकित्सक तथा विज्ञ पनि नियुक्त गर्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया