शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ-  माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि तत्कालै चुनावी तालमेलको बहसमा नअल्झिने रणनीति बनाएको छ ।

कांग्रेस-एमाले दुवैबाट चुनाव तालमेलका लागि आउने प्रस्ताव आफ्नो पार्टीलाई अल्झाउने र कोही-कसैसँग पनि तालमेल गर्न नदिई आफैं पहिलो दल बन्ने रणनीतिअनुसार आएको बुझाइ माओवादीको छ ।

‘हामी जता मिल्छौं, उत्तै बहुमत पुग्ने देखिएपछि हामीसँग तालमेल गर्न सकिने प्रस्ताव आएका हुन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनाल (बलदेव) ले अन्नपूर्णसँग भने, ‘तर यस्तो प्रस्ताव माओवादीलाई अलमल्याउने र कसैसँग पनि तालमेल हुन नदिई आफैं पहिलो दल बन्ने रणनीतिसाथ आएको हुन सक्छ । हामी अहिल्यै तालमेलका रणनीतिमा नफसी आफ्नै तयारीमा लाग्दै छौं ।’

माओवादीभित्र चुनावी तालमेलदेखि गठबन्धन निर्माणसम्म दुई थरी धारणा छन् । एकथरी नेता अहिलेकै गठबन्धनअनुसार कांग्रेससँगै तालमेलको योजना बनाउनुपर्नेमा छन् । अर्काथरी वामगठबन्धन बनाएर जानुपर्नेमा देखिएका छन् ।

एमालेको पछिल्लो केन्द्रीय समितिमा कांग्रेस-माओवादी गठबन्धन तोडेर वामगठबन्धनको प्रयास एमालेले गर्नुपर्ने मत बलियो रूपमा उठेपछि त्यस्तो गठबन्धन प्रयासका विषयमा एमाले-माओवादी दुवै पार्टीभित्र बहस सुरु भएको छ ।  अन्नपुर्ण पोष्टमा खबर छ ।

तपाईको प्रतिक्रिया