शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – ब्राजिल र पेरूमा बनेको कोकिन नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिकी देशमा पुर्‍याउन नाईजेरिंयाली र बोलिभियाली तस्करले विभिन्न उपाय बनाउने गरेका छन्।  सुटकेसमा लिनु तस्करीका सामान्य शैली हुन्।

नेपालमा पक्राउ परेका कोकिन् तस्करले सिलप्याक माछाको बट्टा र माछा मार्ने तारको बन्डल प्रयोग गर्ने गरेका थिए। २०६८ बाट नेपालमा कोकिन फेला पर्न थालेको हो । ७ बर्ष बीचमा पक्राउ परेका कोकिन भरियाबाट प्रहरीले सेतो धुलोका रुपमा कोकिन बरामद गर्दै आएको थियो ।

आईतबार लागूऔषध नियन्त्रण ब्युरोले २ किलो ७ सय ग्राम कोकिनसहित भारतीय र बोलिभियाली नागरिक पक्राउ गरेपछि उनीहरुले नेपाललाई ट्रान्जिट बनाएर युरोप र अमेरिका पुर्‍याउन कालो कोकिन बोक्ने गरेको खुलेको छ।

तपाईको प्रतिक्रिया