शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारतको राजकीय भ्रमणको दोस्रो दिन बिहीबार दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । उक्त राजकीय भ्रमण दुई देशबीचको सम्बन्ध थप सुदृढ र विकसित गरी सुमधुर बनाउने र आगामी दिनमा द्विपक्षीय हित र सो सम्बन्धमा थप विस्तार गर्ने कडीका ण्ज्ञढज्ञपमा यो सम्बन्धलाई लिइएको सो प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उच्चस्तरका यस्तै भ्रमणहरूको आदानप्रदानका माध्यमबाट द्विपक्षीय साझेदारी एवम् समझदारीलाई अझ विकसित र विस्तारित बनाउन सकिन्छ, संयुक्त विज्ञप्तिमा भनिएको छ – ‘भारतीय प्रधानमन्त्रीले नेपालको तराई क्षेत्रमा हालै आएको बाढीले गरेको जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति दुःख व्यक्त गर्नुभएको छ । ’

त्यसैगरी प्रधानमन्त्री देउवाले पनि भारतीय क्षेत्रमा आएको बाढीका कारण भएको क्षतिप्रति भारत सरकार र यहाँका नागरिकप्रति हार्दिक समवेदना र दुःख व्यक्त गर्नुभएको छ । नेपाल–भारत पक्षीय प्रबुद्ध समूहले द्विपक्षीय सम्बन्ध सुधारमा जारी राखेका आपसी बैठक आदिका माध्यमबाट विकसित भएको परिस्थितिप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको छ ।

त्यसैगरी ४६ बुँदे सो वक्तव्यमा रक्षा सम्बन्धमा भारतले नेपाली सेनालाई प्राविधिक तालिम एवम् अन्य क्षमता अभिवृद्धिमा आवश्यक सहयोगका लागि प्रधानमन्त्री देउवाले भारत सरकार र भारतीय सेनालाई धन्यवाद ज्ञापन पनि गर्नुभयो । दिगो विकासका लागि साझेदारी कार्यक्रमअन्तर्गत सन् २०१६ मा स्थापित संयुक्त संयन्त्रको कार्यक्रममार्फत नेपालमा जारी भारतीय आयोजनाहरूको कार्यान्वयन र यसको सम्पन्नताका लागि अघि बढाइएका कार्यप्रति पनि दुवै देशका प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभएकोे जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकारले मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी आयोजनालाई प्राथमिकतायुक्त आयोजनामा समेटेको विषयमा प्रधानमन्त्री देउवाले जानकारी गराउनुभएको र उहाँको यो प्रस्तावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुसी व्यक्त गर्नुभएको थियो ।

नेपाल सरकारले घोषणा गरेका राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाका लागि भारतले आवश्यक सहयोग उपलब्ध गराउनेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ, ‘पूर्वाधार निर्माणका माध्यमबाट अन्तरदेशीय सञ्जालको विकास गरिने तथा यसका माध्यमबाट दुई देशबीच जनताको तहमा सम्बन्ध र सम्पर्कको विकासमा सहयोग पुग्ने र यसमार्फत आर्थिक विकासमा पनि सघाउ पुग्ने विश्वास लिएको छ । ’

त्यस्तै विज्ञप्तिमा जलस्रोत क्षेत्रको विकास, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे आवश्यक छलफल भई यसका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने काम पनि भएको र चाँडो डीपीआर निर्माणका लागि आवश्यक निर्देशन दिइएको उल्लेख छ ।

त्यसैगरी जलस्रोतको विकास, दुई देशबीचको विभिन्न क्षेत्रमा सञ्जालको विकास तथा आपसी सहयोग र साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धन, विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि, नेपालमा सञ्चालित भारतीय आयोजनाहरूको प्रगतिका क्षेत्रमा पनि विज्ञप्तिमा उल्लेख छ ।

दुई देशबीचको सांस्कृतिक सम्बन्धको अभिवृद्धि र यसका माध्यमबाट जनस्तरको सम्बन्धमा विकास, अन्तर्राष्ट्रिय, क्षेत्रीय र उपक्षेत्रीय मञ्चहरूमा दुई देशको संयुक्त सहकार्यजस्ता विषय विज्ञप्तिमा उल्लेख छ । बिहीबार हस्ताक्षरित आठ विभिन्न समझदारी र सम्झौताबारे पनि विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया