शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको छ ।

बुधबार साँझ भारतीय उद्योगी-व्यवसायीहरूले गरेको कार्यक्रममा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री देउवासँग यस्तो प्रस्ताव गरेका हुन् । राज्यमन्त्री प्रधानले नेपालको प्रस्तावअनुसार रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न भारत तयार रहेको बताए ।

त्यस्तै, भारतले गोरखपुरसम्म प्राकृतिक ग्यासको पाइपलाइन विस्तार गरिसकेको जानकारी दिँदै उनले त्यसलाई नेपालले चाहे सुनौलीसम्म विस्तार गरिने बताए । आगामी अक्टोबरमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्ने उनले बताए । यसका लागि समय मिलाउन उनले प्रधानमन्त्री देउवालाई आग्रहसमेत गरे ।

‘भारतले पहिलोपटक बहुदेशीय पेट्रोलियम पाइपलाइन बनाउन लागेको हो,’ राज्यमन्त्री प्रधानले भने, ‘त्यसलाई चितवनसम्म विस्तार गर्न तयार छौँ ।’ सोही रुटमा ग्यासको पाइपलाइनसमेत बनाउन सकिने उनले बताए ।

तपाईको प्रतिक्रिया