Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – नेपाल पत्रकार महासंघले महाधिवेशनको अन्तिम तयारीकाक्रममा आन्तरिक एवं प्रक्रियागत बलमिच्याई र हेलचेक्याँइ भएको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।

युनियनले एक बिज्ञप्ती प्रकाशित गर्दै पटकपटक थपिएको समयसीमाभित्र पनि महासंघको संरचनामा देखिएको विवादलाई मिलाउने सचेत प्रयास नगरिएको, महासंघका अग्रजहरुको उपस्थितिमा भएका सहमतिलाई वेवास्ता गरेर महासंघको गरिमालाई नै धुलोमा मिलाउने धृष्टता गरिएको आरोप लगाएको छ । बिज्ञप्तीमा महाधिवेशनलाई प्रभावित पार्ने गरी शाखा खोल्ने, नयाँ सदस्यता थप्ने, सभासद बढाउने, केन्द्रीय समितिलाई समेत छलेर सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समुहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरुमा सदस्य संख्या थप्दै सभासद बढाउने कार्य भइरहेको भन्दै आपत्ति प्रकट गरिएको छ ।

जिम्मेवार संस्थाका नाताले हामीहरुले संस्थागत रुपमा पटकपटक गराएको ध्यानाकर्षणलाई महासंघको नेतृत्वले सुनेको नसुन्यै गरेको हाम्रो अनुभव रहेको छ । माथि उल्लेखित यि सवालहरुलाई कायमै राखेर जाँदा महाधिवेशनको प्रक्रियामा समेत समस्या सिर्जना हुने आशंका व्याप्त छ बिज्ञप्तीमा भनिएको छ – यी सबै सवालहरुलाई तत्काल समाधान गर्ने गाम्भिर्यता देखाउन महासंघ नेतृत्वलाई हामी पूनः स्मरण गराउँछौ । अन्यथा महासंघको महाधिवेशनका प्रक्रियामा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघको नेतृत्व हुने हामी सालिनतापूर्वक जानकारी गराउँछौं – बिज्ञप्तीमा उल्लेख छ । ***

 

तपाईको प्रतिक्रिया