शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – अल्कोहल मिसावट भएको पेय पदार्थको प्रयोगले स्मरणशक्ति बढ्ने एक अध्ययनले देखाएको छ । अध्ययन पश्चात् अल्कोहलको प्रयोग गरेका विद्यार्थीहरुमा पढेका विषयहरूको स्मरण गराउनमा सहयोग पुगेको अध्यानमा देखिएको छ ।

बेलायत स्थित एक्स्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धान अनुसार अल्कोहलको सेवन गर्ने मानिसहरूको स्मरण शक्ति त्यस्ता पदार्थको सेवन नगर्नेहरूमा भन्दा बढी भएको पाइयो । यस्ता पदार्थको प्रयोगले शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्न सक्ने निश्कर्ष उक्त अध्ययनले देखाएको छ ।

एक्स्टर विश्व विद्यालयका प्राध्यापक सिलिया मोरगनका अनुसार अनुसन्धानले अल्कोहलयुक्त पदार्थको सेवन गर्ने मानिसहरूको स्मरण शक्ति त्यस्ता पदार्थहरूको सेवन नगर्ने मानिसहरूको भन्दा बढी भएको पाइएको हो । उक्त अध्ययनमा त्यस्ता पदार्थहरूको सेवन गर्ने तथा नगर्ने गरी ८० जनालाई समावेश गरी उनीहरूको स्मरण शक्तिबारे अध्ययन गरिएको थियो ।

स्मरण शक्ति बढाउनका लागि निम्न लिखित तथ्यहरूमा विशेष ध्यान पुर्‍याउनु पर्ने अध्ययनमा देखिएको छ ।

१. पर्याप्त निद्रा

-पर्याप्त मात्रामा निदाउने मानिसहरूको स्मरण बढी हुने अध्ययनले पत्ता लगाएको छ। एक वयस्क मानिसले दैनिक ८ घण्टा बिना तनाव निदाउनु पर्ने अनुसन्धानले देखाएको छ ।

२. सन्तुलित भोजन

-स्मरण शक्तिमा बढाउनका लागि दैनिकरूपमा सन्तुलित भोजन खानुपर्ने हुन्छ। जङ्क फुडको प्रयोगले स्मरण शक्ति घटाउँछ ।

३. अभ्यास

– जिन्दगीका आनन्ददायी क्षणहरूको स्मरण पटक पटक गरेमा मानसिक रूपमा कसरत हुनाले पनि स्मरण शक्ति बढाउनमा सहयोग पुर्‍याउँछ ।

४. प्रतिस्पर्धा

-नजिकका मानिसहरू तथा सहपाठीहरूसँग प्रतिस्पर्धाको भावले स्मरण शक्ति बढाउने खालका कार्यहरू गरेमा स्मरण शक्ति मजबुत बनाउन सकिन्छ ।

५. विभिन्न प्रविधिहरूमा अभ्यस्त हुनु

  • मोबाईल तथा कम्युटरमा रहेका विभिन्न प्रविधिहरूको प्रयोगले समेत स्मरण शक्ति बढाउनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । -एजेन्सी
तपाईको प्रतिक्रिया