शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच आज तेस्रो पटक वार्ता हुँदैछ ।

हिजो भएको दोस्रो वार्ता अनिर्णित बनेपछि आज अपरान्ह ४ बजेका लागि पुन वार्ताको तयारी भएको सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले बताउनुभयो ।

चिकित्सा शिक्षा र सेवामा सुधारको मागसहित त्रिवि शिक्षण अस्पताल हाताभित्र ७ दिनदेखि अनसनरत डा. केसीको मागबारे सरकारी टोलीले ठोस जवाफ दिन नसक्दा पहिलो वार्ता झैं हिजोको वार्ता पनि निष्कर्षविहिन भएको थियो ।

चिकित्सा शिक्षा सम्बन्धी विधेयक आफ्ना सुझावसहित तुरुन्त पास गर्नुपर्ने डा. केसीको मुख्य माग भएपनि सरकारी वार्ता टोलीले संसदमा रहेको विधेयक आफ्नो क्षेत्राधिकार बाहिर रहेको बताइरहेको छ ।

यसैबीच, डा. केसीको समर्थनमा माइतीघर मण्डलामा रिले अनसन सुरु भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले डा. केसीको समर्थनमा हिजो रिले अनसन घोषणा गरेको थियो ।

 

तपाईको प्रतिक्रिया