Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि पाँच सदस्यीय आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरूमा माधव अधिकारी, डा. विश्वकल्याण पराजुली, गणेशराज कार्की र योगेन्द्र शर्मा पौडेल सदस्यसचिव रहनु भएको छ । आयोगलाई २१ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको अर्थमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।  संविधानतः प्रतिनिधिसभाको संख्या १६५ र प्रदेश सभाको संख्या त्यसको दोब्बर रहने प्रावधान छ ।

यसैबीच आजकै मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव सोमलाल सुवेदीले पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ भने सुवेदीकै लागि सिर्जना गरिएको अतिरिक्त दरबन्दीसमेत खारेज गरेको छ । सुवेदी एसियाली विकास बैंकको उपप्रमुख नियुक्त भएर गइसक्नु भएको छ ।

तपाईको प्रतिक्रिया