Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस हुँदैछ । अदालतको आदेश अनुसार वडा नं. १९ मा च्यातिएका ९० थान मतपत्र पनि सर्वोच्चको इजलासमा आज खुल्नेछन्।

असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो। अदालतको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र सर्वोच्चमा पेस भएका हुन्। मतपत्रसँगै जिल्ला अदालत चितवनमा मतपत्र च्यात्नेविरुद्ध अदालतमा चलाइएको मुद्दाको मिसिल पनि सर्वोच्चको इजलासमा आज पेस हुनेछ।

घटनापछिको प्रहरी सञ्चारको प्रतिलिपी, मतगणना स्थगित गर्ने मुख्य निर्वाचन अधिकृतको निर्णय र पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल पनि अदालतमा आज पेस हुनेछ। च्यातिएका मतपत्र लगायतका प्रमाण सुरक्षाकर्मीको रोहबरमा चितवनबाट काठमाडौँ ल्याइएको थियो। महान्यायाधिवक्ता कार्यालयको समन्वयमा प्रमाण अदालतमा पेस भएका हुन्।

जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो। मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त अन्तरकालीन आदेशले निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ। अन्तरकालीन आदेश बदर भएमा भरतपुर १९ पुनः मतदान हुनेछ।

तपाईको प्रतिक्रिया