बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बाजुरा – बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कार्की विजयी हुनुभएको छ । उहाँ ५ सय ४० मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर बिकले २ सय ८३ मत ल्याउनुभयो । मेयरका उम्मेदवार नेपाली कांग्रेसका पदम बडुवालले ५ सय ३७ तथा उपमेयर कविता विष्टले ५ सय ३७ मत ल्याउनु भएको छ ।

यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार गगन रावलले ३ सय ९३ मत ल्याउनु भएको छ भने उपमेयर उम्मेदवार गीता रावलले २ सय ९० मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया