शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) को फाइनलमा प्रवेश गरेको छ । दोस्रो प्लेअपमा गएराति कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दशौं आइपीएलको उपाधि नजिक पुगेको हो ।

बैंलोरको चिन्नस्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरको खेलमा १८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७ रनको सामान्य स्कोर बनायो ।

जसका लागि सूर्यकुमार यादवले ३१ र इशान्क जागीले २८ रन बनाएका थिए । अन्य खेलाडीले भने खुलेर खेल्न सकेनन् । कोलकातालाई सस्तैमा समेट्ने क्रममा मुम्बईका करण शर्माले सर्वाधिक ४ विकेट लिए । यस्तै बुमराहले ३ विकेट लिँदा मिचेल जोहन्सनले २ विकेट लिएका थिए ।

१ सय ८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई १४ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै विजयी बनेको थियो । मुम्बईका लागि क्रुनाल पाण्डेले नटआउट ४५ रनको योगदान दिए । यस्तै रोहित शर्मा २६ तथा पार्थिव पटेलले १४ रन बनाए ।

तपाईको प्रतिक्रिया