बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । इडन गार्डेनमा भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ९ रनले हराएको हो ।

१ सय ७४ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा १ सय ६४ रनमा समेट्दै मुम्बई विजयी भएको हो । कोलकाताका मनिष पाण्डेले ३३ रन बनाए ।

पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा अम्बाती रायडुले ६३ र सौरभ तिवारीको ५२ रनको मद्दतमा १ सय ७३ रन बनाएको थियो ।

हारपछि १४ खेलबाट १६ अंक सहित कोलकाता अंकतालिकाको तेश्रो स्थानमा झरेको छ । मुम्बइ भने २० अंक सहित तालिकाको शीर्ष स्थानमा छ । मुम्बईले शीर्ष स्थानमा रहँदै लिग चरणका खेल टुंग्याएको छ ।

तपाईको प्रतिक्रिया