शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं  – काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशीको क्रिकेट प्रतियोगिता हुने भएको छ । जेठ ९ गतेबाट सुरु हुने प्रतियोगितामा पाँच विकास क्षेत्रबाट एक एक टिमसहित नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पराजित हुने टिमले ५० हजार र लिगका खेल जित्ने टिमले एक खेल जितेबापत २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख तथा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताभरि अडियन्स च्यालेन्ज पनि सञ्चालन गरिने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

तपाईको प्रतिक्रिया