काठमाडौं – अवैध विदेशी मुद्रासहित नागढुङगाबाट ६ चिनियाँ नागरिक पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आज बिहान काठमाडौंबाट रसुवाको केरुङ जाँदै गरेका ६ चिनियाँ नागरिकलाई करिब चार करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ गरेको हो ।
महाशाखा एसपी प्रकाशजंग कार्कीका उनीहरु सवार माइक्रोबस नागढुङगामा चेकजाँच गर्दा विदेशी मद्रा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।