आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – आगामी वैशाख ३१ र जेठ ३१ गते हुने स्थानीय निकायको निर्वाचनको सुरक्षाका लागि मात्रै साढे ७ अर्ब रुपैयाँ बजेट निकासा भएको छ ।
यसमध्ये अधिकांश रकम म्यादी, जनपथ र सशस्त्र प्रहरी परिचालन र आवश्यक सुरक्षाका लागि गृहमन्त्रालयलाई निकासा गरिएको छ । निर्वाचनका लागि गएको सुरक्षाअन्तर्गत म्यादी प्रहरीको तलव, पोसाक, राशन भत्तामा बढी रकम खर्च गर्नेगरी उक्त बजेट निकासा दिएको हो ।

यसबाहेक अर्थ मन्त्रालयले स्थानीय निकायको चुनावका लागि निर्वाचन आयोगलाई १० अर्ब २९ करोड रुपैयाँ निकासा दिइसकेको छ ।

तपाईको प्रतिक्रिया