शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रा. डा. भीष्मराज प्रसाईंको जीवनीमा आधारित पुस्तक ‘फर्केर हेर्दा’को यहाँ आज लोकार्पण गर्नुभयो ।

घोष्ट राइटिङ नेपालले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष ओलीले प्रशस्त सम्भावना भए पनि नेपाललाई विकासशील र समृद्ध बनाउन नसकिएको भन्दै सबै क्षेत्रबाट विकासका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।

बन्द, हड्ताल, अराजकता र एकअर्कालाई गालीगलौज गरेर वा लोभ र शक्ति आर्जनका माध्यमबाट मुलुक बन्न नसक्ने उहाँको भनाइ थियो ।

डा. प्रसार्इंले चिकित्सा जीवन र सामाजिक क्षेत्रमा आफ्नो अनुभव र जीवनकालमा भोगेका अनुभूतिलाई सो पुस्तकमा समेट्नुभएको छ । वरिष्ठ चिकित्सक भोला रिजाललगायतले पुस्तकबारे समीक्षा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया