आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

पोखरा – जिल्ला मालपोत कार्यालय कास्कीले आज देखि अनलाइन सेवा शुभारम्भ गरेको छ । मुख्य सचिव डा सोमलाल सुवेदीले कास्की दाड सिड्कीकी लालकुमारी गौतम तथा घान्दु्रकका सोमबहादुर विक र वीरबहादुर विकलाई जग्गा धनी पँुर्जा वितरण गरी सो सेवाको शुभारम्भ गर्नुभएको हो ।

अनलाइन सेवा शुभारम्भसँगै आजदेखि मालपोत कार्यालयमा रहेका जग्गाको अभिलेख प्रविधिमैत्री, चुस्त र दुरुस्त भएको बताइएको छ । सो अवसरमा मुख्य सचिव डा सुवेदीले अब सूचनाप्रविधिको युग भएकाले सार्वजनिक सेवाहरु पनि प्रविधिमैत्री हुनुपर्ने बताउँदै यो सेवाले सेवाग्राहीको काम छिटोछरितो र पारदर्शीरुपमा हुने विश्वास व्यक्त गर्नुभयो । मालपोत कार्यालयमा हुने भनिएको किर्ते र जालसाजी जस्ता अनियमिततालाई रोक्न अनलाइन सेवाले मद्दत पु¥याउने बताउनुभयो । भूमिसुधार तथा व्यवस्था सचिव कृष्णप्रसाद देवकोटाले यो सेवा शुभारम्भ भएसँगै जग्गाधनीले आफनो जग्गाको विवरण घरमै बसेर पनि जानकारी पाउनसक्ने धारणा राख्नुभयो ।

प्रमुख मालपोत अधिकृत चिरन्जीवी सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक यमकुमारी खतिवडा, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक टीकाराम घिमिरे, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पौडेलले अनलाइन सेवाको महत्वका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

तपाईको प्रतिक्रिया