आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ताप्लेजुङ – ताप्लेजुङमा जारी पाथीभरा पुरुष भलिबल प्रतियोगितामा आज पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्यस्तै दोस्रो खेलमा मध्यमाञ्चल र सशस्त्र प्रहरीको टीम मैदानमा उत्रने छन् । खेल बिहान ११ बजेपछि सदरमुकामस्थित नेपाली सेनाको खेल मैदानमा हुनेछ ।

बुधवार भएको खेलमा नेपाल पुलिस क्लब र पूर्वाञ्चल विजयी भएका छन् । पहिलो खेलमा नेपाल पुलिस क्लबले २५–२४, २५–१७ र २५–११ को सोझो सेटमा सशस्त्र प्रहरीको टिमलाई पराजित गरेको थियो । बुधबार नै भएको दोस्रो खेलमा पूर्वाञ्चलले मध्यामाञ्चललाई २५–१३, २७–२५, २२–२५, २०–२५ र १५–८ को सेटमा पराजित गरेको हो ।

अंक तालिकाको शीर्ष स्थानमा ६ अंकसहित नेपाल पुलिस क्लब पहिलो स्थानमा रहेको छ भने एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब ३ अंकसहित दोस्रो स्थानमा छ । पूर्वाञ्चल र मध्यमाञ्चल क्रमश २ र १ अंकसहित तेस्रो र चौथो स्थानमा छन् ।

तपाईको प्रतिक्रिया