शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेल मार्गअन्तर्गत बिजुलपुरा–बर्दिवास खण्डको रेल्वे मार्ग (रुट) परिवर्तनका लागि पहल गर्ने बताउनुभएको छ ।

धनुषा क्षेत्र नं ७ बाट निर्वाचित सांसद शत्रुधन महतोको नेतृत्वमा सांसद ज्ञानबहादुर भुजेल सहितको सर्वदलीय प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवासमा ज्ञापनपत्र बुझ्नुै हुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवास खण्डको रेल्वे मार्ग विभागले पुस ७ गते प्रकाशित गरेको सूचनाअनुसारको स्थानबाट लैजाँदा मिथिला नगरपालिकाको वडा नं ८ र ९ को बेङ्गाटावरका ४०० घर परिवारलाई उठाउनुपर्ने सांसद महतोले बताउनुभयो ।

तपाईको प्रतिक्रिया