Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

धनगढी – निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै कैलालीका स्थानीय बासीन्दाले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रन्जित रे लाई कालो झण्डा देखाएका छन् ।

कैलाली जिल्लाको हुलाकी राजमार्गको १८ किलोमिटर सडक र ६ वटा पुल निर्माण हुन बाँकी रहेपनि मन्त्री लेखक र राजदूत रेले बिहीबार संयुक्त रुपमा उद्घाटन गरेका छन् । स्थानीयको चर्को नाराबाजीका बीच धनगढीको क्याम्पसचोकमा राजमार्ग उद्घाटन गरिएको छ ।

राजदूत रे लाई एमाले र जनमोर्चाका कार्यकर्ताले कार्यक्रमस्थलमै कालो झण्डा देखाएका थिए । विरोधमा उत्रिएका एमाले जिल्ला समिति सदस्य दीर्घराज जोशीसहित ६ जनालाइ पक्राउ गरेर केही समयपछि छाडिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया